पत्रकार कुबेर डंगोललाई राष्ट्रिय चलचित्र फोटो पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 


स्टारवान इन्टरटेनमेन्टले आयोजना गरेको पाँचौं नेपाल म्युजिक एन्ड फेसन अवार्डमा डंगोललाई १५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिएको हो । उनलाई शनिबार पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उक्त पुरस्कारले सम्मान गरेका हुन् ।


डेढ दशकदेखि पत्रकारितामा संलग्न डंगोल पछिल्लो समय मोडलिंग फोटोग्राफीमा अग्रपंक्तिमा पर्छन् । विभिन्न राष्ट्रिय स्तरका टेलिभिजनमा कार्यक्रम निर्माताका रुपमा फिल्म पत्रकारिता गरिसकेका डंगोलले छापा माध्यमका शुक्रबार साप्ताहिक, परिवार मासिकमा फोटो पत्रकारिता पनि गरे । 


हाल आफ्नै केडी फोटो स्टुडियोमार्फत् फोटो तथा भिडियोग्राफी गरिरहेका उनले गत वैशाख १ देखि कलाशैली डटकम अनलाइन पोर्टल पनि संचालनमा ल्याएका छन् ।