चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । आजबाट यो सिनेमा प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको हो ।
सकारात्मक वर्ड अफ माउथ पाइरहेको चलचित्रले तेस्रो सातामा आइपुग्दा दर्शकले मन पराएको निर्माणपक्षले दाबी गरेको छ ।
आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेको निर्माणपक्षको भनाइ छ ।
“जति पनि दर्शकले सिनेमा हेर्नु भएको, राम्रो भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । वर्ड अफ माउथ राम्रो भएकाले सिनेमा हेर्ने दर्शकको संख्या पनि बढ्दै जाने हाम्रो विश्वास छ,” निर्देशक दीपेन्द्र के खनालले भने ।
वितरक करण श्रेष्ठका अनुसार ‘के घर के डेरा : घर नं २’का शो थपिँदैछन् । राम्रो वर्ड अफ माउथ पाएको सिनेमामा केही हलहरुमा उच्च अकुपेन्सी हुनेमा निर्माणपक्ष ढुक्क देखिएको छ ।
सकारात्मक वर्ड अफ माउथ पाएको सिनेमालाई दर्शकले आम नोपलीको घरघरको कथा भन्दै प्रशंशा गर्दै आएका छन् ।
‘के घर के डेरा : घर नं २’ को कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।
‘के घर के डेरा स् घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा स् घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।