काठमाडौं— मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बकैया–७ मैनाटार बस्ने बीरबहादुर वाईवाकी८ वर्षीया छोरी अस्मिता वाईवाको गएराति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनलाई जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा कम्मरको बाँया भागमा बिच्छीले टोकेको थियो । त्यसपछि दिउँसोदेखि श्वासप्रश्वासमा समस्या आएको थियो ।

उपचारका लागि बिहीवार बिहान हेटौंडा अस्पतालमा उपचारका क्रममा दिनराति अस्पतालले बालिकालाई मृत घोषणा गरेको डिएसपी अर्यालले बताए ।