रेखा थापा अभिनित नाटक ‘मीरा’ पोस्टपोण्ड भएको छ । आजको असहज राजनितीक परिस्थितीका कारण हामीले आजको लागि तय गरिएको ‘कान्तिपुर थिएटर’ को उद्घाटन तथा नाटक ‘मीरा’ को प्रिमीयर दर्शक, कलाकार तथा अतिथीहरुको सुझाव र सुरक्षालाई मध्यनजर गर्दै हाललाई स्थगित गरिएको जनाइएको  छ।

‘हामी अत्यन्तै दुःखी र क्षमाप्रार्थी छौं, दर्शकहरूले  प्रतिक्षा गर्नुभएको कार्यक्रममा आज सहभागी हुन सक्नु भएन, अब हाम्रो नाटक घरको उद्घाटन र ‘मीरा’ को मञ्चन यही आउँदो सोमबार ( जेठ १९ गते) हुनेछ। 

कान्तिपुर फिल्म एकडेमीका अनुसार टिकट बुकीङ्ग गर्नुभएका दर्शकहरुको टिकट जेठ १९ गतेको लागी सुरक्षीत रहनेछ ।