ऋतिक रोशन यतिबेला फिल्म ‘वार २’ लाई लिएर चर्चामा छन् । 

यसैबीच होम्बले फिल्म्स प्रोडक्सन हाउसले ऋतिक रोशनसँगको नयाँ प्रोजेक्टको घोषणा गरेको छ । यद्यपी यस प्रोजेक्टसँग सम्बन्धित कुनै जानकारी भने खुलाइएको छैन र यो फिल्ममा ऋतिक कुन भूमिकामा देखिनेछन् भन्ने पनि स्पष्ट भएको छैन । तर, अभिनेताका फ्यान भने निकै खुसी छन् ।

होम्बल फिल्म्सका सञ्चालक विजय किरागान्दुरले भने,  ‘यो सहकार्यबाट हामी धेरै खुसी छौं। होम्बल फिल्म्सले सबैलाई प्रेरणा दिने र पुग्ने कथाहरू सुनाउने लक्ष्य राखेको छ। ऋतिक रोशनसँग काम गर्नु हाम्रो उद्देश्यतर्फको ठूलो कदम हो। हामी एउटा बलियो कथा र कल्पना दुवै भएको फिल्म बनाउन चाहन्छौं। मन छुने र स्मरणीय रहने फिल्म बनाउने प्रयास गर्नेछौं ।’

जवाफमा ऋतिकले भने, ‘होम्बल फिल्मले अहिलेसम्म धेरै फरक र रोचक कथाहरू बनाएको छ । म उनीहरूसँग काम गर्न पाउँदा धेरै खुसी छु। हामी सबै मिलेर दर्शक समक्ष उत्कृष्ट फिल्म ल्याउन चाहन्छौं । हाम्रो सपना ठूलो छ र हामी यसलाई साकार पार्न सक्दो प्रयास गर्नेछौं।’


केजीएफ १, केजीएफ २, सालार पार्ट १ र कान्तारा जस्ता फिल्म बनाएको होम्बाले फिल्म्सले अब ऋतिक रोशनलाई लिएर फिल्म बनाउने भएको छ । यसबाट फ्यानहरु पनि निकै खुसी छन् ।

ऋतिक र साउथ सुपरस्टार जुनियर एनटीआरको फिल्म ‘वार २’ रिलिज हुँदैछ । यस फिल्ममा कियारा आडवाणी पनि देखिनेछिन् । यसका साथै ‘क्रिस ४’ को बारेमा पनि बहस चलिरहेको छ ।