साउथ सिनेमाका अभिनेता प्रभासको फिल्म ‘स्पिरिट’ यतिबेला चर्चामा छ । यस फिल्ममा दीपिका पादुकोण फिल्मबाट बाहिरिएकी छिन् र भने अब यसमा तृप्ति डिमरी देखिनेछिन् ।

फिल्म ‘एनिमल’ फेम अभिनेत्री तृप्ती डिमरी सन्दीप रेड्डी वांगाको फिल्म ‘स्पिरिट’ मा मुख्य अभिनेत्रीको भूमिकामा देखिने छिन् । यस फिल्ममा उनीसँग प्रभासले स्क्रिन सेयर गर्नेछन् । यो फिल्मको छायांकन यसै वर्षको अन्त्यबाट सुरु हुनेछ ।

‘एनिमल’ फिल्म फेम अभिनेत्री तृप्ति डिमरी फिल्ममा उनी डाक्टरको भूमिकामा देखिने पनि बताइएको छ, जसको जानकारी उनले आफैंले सामाजिक सञ्जालमा दिएकी छिन् ।

अभिनेत्रीले सामाजिक सञ्जालमा फिल्मको पोस्टर पनि शेयर गरेकी छिन्, जसमा उनको नाम कन्नड, हिन्दी, मलयालम, तेलुगु, तमिल, अंग्रेजी, चाइनिज जस्ता ९ भाषामा लेखिएको छ ।

यसअघि ‘स्पिरिट’ मा दीपिका पादुकोण र प्रभास मुख्य भूमिकामा थिए तर अहिले दीपिकाको ठाउँमा तृप्ति डिमरीले लिएकी छिन् । यस फिल्मका लागि ४ करोड भारुमा तृप्तीलाई फाइनल गरिएको बताइएको छ ।

यो फिल्मको सुटिङ यसै वर्षको अक्टोबर २०२५ देखि सुरु हुनेछ । योसँगै यो फिल्म सन् २०२६ मा रिलिज हुनसक्छ तर यसको आधिकारिक घोषणा भने भइसकेको छैन ।

रिपोर्टका अनुसार ‘कबीर सिंह’ र ‘एनिमल’ जस्ता तीव्र ड्रामा फिल्मका लागि चर्चित सन्दीप रेड्डी वांगाले यसको निर्देशन गरिरहेका छन्। यस फिल्ममा तृप्ती डिमरी र प्रभासबीच धेरै इन्टिमेट दृश्यहरू देख्न सकिन्छ।

निर्देशक सन्दीप रेड्डी वांगासँग तृप्तीको यो दोस्रो फिल्म हो । यसअघि उनी फिल्म ‘एनिमल’ मा देखा परेकी थिइन्, जसमा उनको भूमिकालाई दर्शकले निकै मन पराएका थिए ।

तृप्ति डिम्रीको वर्क फ्रन्टको कुरा गर्दा यो फिल्म बाहेक उनीसँग धेरै प्रोजेक्ट छन् । उनको फिल्म ‘धडक २’ अगस्ट १, २०२५ मा सिनेमाघरमा रिलिज हुनेछ, जसमा उनले सिद्धान्त चतुर्वेदीसँग काम गरेकी छिन्।