महोत्तरी— मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो ।

बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल'जेबी'ले ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ ।

पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले संस्कृतिको धुनमा स्वास्थ्य सन्देश गुञ्जायमान पारे ।

‘उल्टो’ तरिकाबाट ‘सीधा’ सन्देश दिन खोज्ने यो अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो ।

पछिल्लो समय गिनिज बुकमा नाम लेखाउने सपना बोकेर अघि बढिरहेका जेबीलाई सहरको भीडले होइन, गाउँको संस्कृति र जनताको माया तानिरहेछ ।

“हामी आफैंमा शक्ति छ, त्यो चिनाउन यो उल्टो यात्रा प्रतीक हो,” पोखरेलको नजरमा यो केवल यात्रा थिएन – अभियान थियो ।