बलिउड सुपरस्टार सलमान खानले हालै रिलिज भएको ‘सिकन्दर’ पछि अर्को फिल्म आबद्द भएका छन् ।
उनीसँग कबीर खान र अली अब्बास जफरलगायत धेरै निर्देशकहरूसँग वार्तामा रहेका छन् तर उनले अपूर्व लखियाको सेनामा आधारित फिल्मलाई पहिलो प्राथमिकता दिएका छन्।
समाचार अनुसार सलमान खान र अपूर्व पहिलो पटक भारत–चीनबीचको गलवान उपत्यकाको झडपलाई लिएर बनाउ खोजेको फिल्ममा काम गर्ने बताइएको छ ।
पिंकभिल्लाको पछिल्लो रिपोर्टका अनुसार यो फिल्म भारतको सबैभन्दा निडर ३ कथामा आधारित छ, जुन २०२० गलवान उपत्यकाको द्वन्द्वको पृष्ठभूमिमा आधारित छ।
‘अपूर्व लखिया र सलमान खान जुलाई २०२५ बाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन्। यो लद्दाख र मुम्बईमा ७० दिनको अवधिमा छायांकन हुनेछ। यसमा सलमान खानले आफ्नो करियरमा पहिलो पटक पूर्ण फिल्ममा आर्मी अफिसरको भूमिका निर्वाह गर्न लागेका छन् र उनीसँगै युवा पुस्ताका अन्य ३ जना कलाकारहरू पनि सहभागी हुनेछन्,’ पिंकाभिल्लाको रिपोर्टमा भनिएको छ। तर, सो फिल्मको नाम भने अझै सार्बजनिक गरिसकिएको छैन ।
उता, लखिया बाहेक सलमान खान निर्देशक कबीर खानसँग पनि एक नयाँ फिल्मको बारेमा छलफल गरिरहेका छन्, जसले यसअघि ‘सुल्तान स्टार’ सँग एक था टाइगर (२०१२), बजरंगी भाइजान र ट्युबलाइट (२०१७) मा काम गरिसकेका छन । यद्यपि सलमानको इच्छा भए पनि यो जोडीको चौथो सहकार्य बजरंगी भाइजानः २ मा भने हुनेछैन।
‘कबिर खान सिक्वेलको विरुद्धमा छन् र बजरंगी भाइजानजस्तो क्लासिकलाई छुन चाहँदैनन्। उनले सलमानलाई मौलिक, लार्जर द लाइफ ड्रामा पिच गरेका छन्, र अभिनेताले अपूर्व लखियालाई फलोअपको रूपमा विचार गरिरहेका छन्, तर अहिले केही पनि पुष्टि भएको छैन्’ रिपोर्टमा थप भनिएको छ।