कोची, २६ बैशाख । सुपरस्टार मोहनलालको ड्रामा थ्रिलर ‘थुडारम’ दोस्रो हप्तामा सुपर बलियो भइरहेको छ ।


 साथै, विश्वव्यापी बक्स अफिसमा २०० करोड क्लब तर्फ अग्रसर भएको छ। जसका कारण मोहन लालको अर्को फिल्म मलयालम चलचित्र उधोगको सबैभन्दा बढी कमाउने तेस्रो फिल्मको रेकर्ड कायम गरेको छ । 


 थारुण मूर्थीद्वारा निर्देशित थुडारमले टोभिनो थोमसको २०२३ को सर्वाइभल थ्रिलर फिल्म (१८० करोड) पार गरिसकेको छ । 


 यसअघि मलायालम फिल्ममा सबैभन्दा बढी मन्जुम्मेल ब्वाईज (२४१ करोड) र इम्पुरान (२६६.५ करोड) कमाएर पहिलो र दोस्रो फिल्म बन्न सफल भइसकेका छन । र, यस पछि ‘थुडारम’  तेस्रो ठूलो कमाई गर्ने फिल्म बनेको हो ।


 थुडारमले आफ्नो पहिलो साता करिब १२० करोड कमाएको थियो भने दोस्रो हप्ता ५० प्रतिशतभन्दा कम घटेर ६५ करोडको हाराहारीमा अगाडि बढिसकेको छ, जुन अहिलेसम्म उत्कृष्टता कायमै छ । यो तेस्रो साताको अन्त्यमा २०० करोड क्लबमा प्रवेश गर्नेछ र त्यस पछि मलयालम चलचित्र उधोगमा सबैभन्दा बढी कमाउने तेस्रो फिल्मको रेकर्ड कायम गर्नेछ ।


राजापुथरा द्वारा निर्मित थुडारूमले आज घरेलु बक्स अफिसमा पहिलो हप्तामा नै १०० करोड कमाई गरेको हो ।


चलचित्र तेस्रो हप्तामा घरेलुमा पनि सबैभन्दा ठूलो मोलिउड कमाई गर्ने फिल्म हुने अपेक्षा गरिएको छ । र, गृह राज्य केरलामा पनि १०० करोड कमाउने लगभग देखिएको छ । यो विशेष राज्यमा १०० करोड कमाउने दुर्लभ कोसेढुंगा हासिल गर्ने पहिलो चलचित्रको अर्को रेकर्ड पनि कायम गर्नेछ ।