काठमाडौं— कक्षा १२ को परीक्षा चलिरहेका बेला बिहीबार प्रश्नपत्र आउट भएको आशंकामा प्रहरीले दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ। 

काठमाडौंको बानेश्वरस्थित एम्बिसन कलेजका दुई जना विद्यार्थीलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले बताएका छन्।

प्रश्न पत्र आउट गर्ने विद्यार्थीको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।