अजय देवगन र रितेश देशमुख अभिनित फिल्म ‘रेड २’ गत मे १ बाट थिएटरमा रिलिज भएको थियो। फिल्मले पहिलो दिनमा दुई दक्षिण भारतीय फिल्म रेट्रो र हिट ३ र बलिउड फिल्म भूतनीसँग टक्कर गर्नु परेको थियो ।


 


तर,  ‘रेड २’ ले बक्स अफिसमा दमदार सुरुवात गरेको थियो र त्यसपछि यी सबै फिल्मलाई पछाडी छोडेर रिलिज भएको ६ दिनमै बजेटभन्दा कयौं गुणा बढी व्यापार गरेको थियो । यो फिल्मले भारतमा मात्रै नभई विश्वभर निकै चर्चा मच्चाएको छ । ‘रेड २’ ले रिलिज भएको ७ दिनसम्म विश्वभर कति कलेक्शन गरेको छ, यहाँ जानौँ ।


 


‘रेड २’ ले विश्वव्यापी बक्स अफिसमा धुम मच्चाइरहेको छ र उत्कृष्ट प्रदर्शन गरिरहेको छ । साताका दिनमा चलचित्रको कमाईमा कमी आएको भए पनि नयाँ चलचित्र बाहेक सबै चलचित्रले जाट र केशरी २ भन्दा राम्रो कमाई गरिरहेको छ । फिल्मको विश्वव्यापी कलेक्सनको कुरा गर्दा  ‘रेड २’ ले विश्वभरबाट १०० करोडको आंकडा पार गरिसकेको छ। 


 


उसले छैटौं दिनमा नै १०८.६५ करोड कमाएर यो आकडा पार गरेको हो । योसँगै फिल्मले रिलिज भएको एक साताअघि नै सय करोडको आँकडा पार गरेको छ ।


 


सैकनिल्कको एक रिपोर्ट अनुसार रेड २ ले मंगलबार मात्रै ६.७५ करोड रुपैयाँ कमाएको छ र यसको कुल नेट इन्डिया कलेक्सन ८५.५० करोड रुपैयाँ पुगेको छ। योसँगै यसले केशरी २ (८१.७९ करोड) को रेकर्ड तोडेको छ भने जाट (८७.६१ करोड) को सङ्कलनलाई पछाडि छाडेसकेको छ ।


 


बुधबार फिल्मले जाटलाई पराजित गर्दै वर्षको चौथो सर्वाधिक कमाउने फिल्म बनेको छ । यससँगै यसको अर्को लक्ष्य सिकिन्दर र स्काई फोर्स हुनेछ ।