काठमाडौं— आईपीएलअन्तर्गत सनराइजर्स हैदराबाद गुजरात टाइटन्ससँग पराजित भएको छ। नरेन्द्र मोदी रंगशालामा शुक्रबार भएको खेलमा हैदराबाद ३८ रनले पराजित भएको हो।
यससँगै गुजरातले सिजनमा आफ्नो सातौँ जित दर्ता गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ। हैदराबादले १० मध्ये ७ खेल हारेको छ।
हैदराबादको बलिङमो गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाएर २२४ रन बनायो। जवाफमा हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनायो।
गुजरातका कप्तान शुभमन गिलले ७६ रन बनाए। जोस बटलर ६४ रन बनाएर आउट भए। साई सुदर्शनले ४८ रनको इनिङ्स खेले।
जयदेव उनाडकटले ३ विकेट लिए। हैदराबादका लागि अभिषेक शर्माले ७४ रन, हेनरिक क्लासेनले २३ रन बनाए। मोहम्मद सिराज र प्रसिद्ध कृष्णले दुई(दुई विकेट लिए।