काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारलाई कडा चेतावनी दिएका छन्। उनले भनें, यदि सरकारले शिक्षकहरूको जायज मागहरू सम्बोधन नगरे, भने सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउनेछ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले शिक्षा ऐनको आवश्यकतामा जोड दिँदै सरकारको ध्यानाकर्षण गराए। उनले भने, "शिक्षकहरूको हक र अधिकार पूरा गर्न सरकारलाई यथाशीघ्र शिक्षा ऐन ल्याउनुपर्ने छ। यदि यो नगरे, भने शासकहरूका लागि कडा परिणाम आउनेछ।"
चौधरीले सरकारको आलोचना गर्दै भने, "शिक्षकहरूको जायज मागलाई पूरा गर्नको सट्टा सरकारले तिनीहरूलाई दमन गर्ने काम गर्दैछ।