काठमाडौं : शिक्षक आन्दोलनमा ऐकबद्धता जनाउन पुगेका एकीकृत समाजवादीका नेताहरू अपमानित भएर फर्कनुपरेको छ।

अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेर ऐकबद्धता जनाउन पुगेकोमा शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गर्दै त्यहाँबाट फर्कन भनेपछि अपमानित भएर फर्कनुपरेको हो।
उनीहरू शिक्षकहरूको आन्दोलनमा समर्थन जनाउन र भाषण गर्ने योजना सहित त्यहाँ पुगेका थिए, तर शिक्षकहरूले उनीहरूको विरोध गर्न थाले। 'यहाँ कुनै नेता आउनु पर्दैन, सक्ने भए संसदमा बोल', भन्ने नारासहित शिक्षकहरूले उनीहरूलाई आन्दोलन स्थलबाट बाहिर जान अनुरोध गरे।यसपछि स्थिति तनावपूर्ण बनेपछि प्रहरीले नेताहरूलाई सुरक्षासहित स्थलबाट निकाल्नु परेको थियो।