काठमाडौँ – काठमाडौँमा शिक्षकहरूको आन्दोलन तनावपूर्ण मोडमा प्रवेश गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षक र प्रहरी बीच ठूलो झडप भएको छ, जसका कारण ६० जनाभन्दा धेरै शिक्षक घाइते भएका छन् । 


OM Sai Pathibhara Hospital

घाइते शिक्षकहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । गम्भीर र सामान्य गरेर करिब ६० जना घाइते भएको शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । 


‘६० जनाभन्दा धेरै घाइते भएका छन् । गम्भीर र सामान्य छुट्याउन सकेका छैनौँ । अहिले सिभिलमा लगिएको छ,’ उनले भनिन् ।


विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन्, र यो झडपले आन्दोलनको दिशा फेरिने खतरा समेत ल्याएको छ।