img-20241014-wa0000-6 1

काठमाडौं— आजको राशिफल

OM Sai Pathibhara Hospital

मेष— खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ ।  व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाव बढ्ने योग रहेकोछ । र, पनि माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । लामो दुरीको यात्राको तय हुने तथा विदेशी भूमिमा बसेर काम गर्नेहरुका लागि समय शुभ रहनेछ ।

बृष— पछिसम्म फाईदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तीब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । बैक तथा वित्तीय पेशासँग सम्बन्धित कामहरुबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथीसँग थप आत्मिय भाव बढ्नेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ ।

मिथुन— राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ ।

कर्कट— मौषम अनुसारका सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरि नाम कमाउन  सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुची बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेकोछ ।  

सिंह— पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ, ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथीभाइबीच वैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ, सचेत रहनुहोला ।

कन्या— बौद्धिकता तथा विवेकको प्रयोगमार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रसंगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मीठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । विपरीत लिङगप्रतिको आकर्षण बढेर जानेछ भने विलाशी वस्तुको प्रयोगमार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ ।

तुला— काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । विवादित विषयबाट निचोड तपाईंकै पक्षमा आउने हुनाले खुशीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईंसँग मनमुटावको भावना राख्ने तथा शत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ–नयाँ काम गर्न सकिनेछ ।

बृश्चिक—  खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचनासहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेकोछ । अध्ययन वा कामको शिलशिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । विलाशी सामानको प्रयोगमार्फत अरुको मन लोभ्याउन सकिनेछ ।

धनु— घर परिवार तथा आफन्तहरुमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाव सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेकोछ भने आन्तरिक धन सम्पतिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक नाफा कमाउन सकिनेछ ।

मकर— परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाईलो व्यवसायिक यात्रा तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न रहनेछ ।

कुम्भ— पतिपत्नीबीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तिर्थाटनको अवसर जुर्नेछ  । पापीय मनोवृति बिस्तारै हट्दै जानाले मन प्रफूल्लित बन्नेछ  । नोकरीमा ख्याती बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक संकट निवारण गर्नेछ ।

मीन— राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेकोछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुखमा साथ दिनेहरु प्रशस्त भेटिने हुदा मन प्रशन्न रहनेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्,