img-20241014-wa0000-6 1

मेष- दिन राम्रो छ। आजको दिन उत्साहपूर्ण बन्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष- मिहिनेत गरेमा सफलता प्राप्त हुने दिन छ। तपाईंको कामले समाजमा प्रतिष्ठा बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। आज ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ। जुनसुकै काममा पनि परिवारको साथ मिल्नेछ।

मिथुन- दिन सामान्य राम्रो छ। मान्यजनबाट सम्मान प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीको अवसर आए हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट- दिन राम्रो छ। यात्रा रमाइलो बन्नेछ। तपाईंका गल्ती खोज्ने व्यक्ति सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्ने हुन्छ। कमाउने भन्दा जोगाउने दिन भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

सिंह- संघर्षबाट काम बन्नेछ। संकटमा साथीले साथ मिल्नेछ। शिक्षाको लगानीमा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीले आर्थिक क्षेत्रमा उत्साह थप्नेछ।

कन्या- समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। सामाजिक क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ

तुला- दिन सामान्य छ। विवेकपूर्ण निर्णय गर्नुपर्ने छ। तपाईंको महत्त्वपूर्ण निर्णयले समाजमा सम्मान प्राप्त हुनेछ। परिवारलाई वेवास्था गरेमा खटपटी हुनेछ। तपाईंले गरेको लगानीको उचित मूल्यांकन हुनेछ।

वृश्चिक- मिहिनेत गर्नुपर्ने दिन छ। परीक्षा लेख्नुपर्ने भए पढाइलाई थप समय छुट्याउनु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। राजनीतिमा सफलता मिल्नेछ। श्रमको मूल्यांकन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु- धनलक्ष्मी योग परेको छ। आफ्नो बोलीको प्रभावले राम्रो काम बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा समस्या आइपर्न सक्छ। स्वदेशको भन्दा विदेशको लगानीबाट नाफा हुनेछ।

मकर- तपाईंका लागि आजको दिन धेरै राम्रो छ। अचानक धन आर्जन हुनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ- दिन सामान्य छ। मिहिनेत गरेको क्षेत्रबाट मिठो फल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन- दिन राम्रो छ। हरेक क्षेत्रमा मिहिनेत र प्रयास गर्नु आवश्यक देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा सबै काम सफल बन्नेछ। विदेश जाने योजना भए यात्रा सहज बन्नेछ।

तपाईको दिन शुभ रहोस् ।