काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा बिहीबार स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ। बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर राजीनामा पत्र बुझाएका थिए ।

OM Sai Pathibhara Hospital

गत वर्ष १० फागुनमा चार वर्षका लागि मेरिटअनुसार नै नियुक्त भएका बराल १३ महिनामै राजीनामा दिन बाध्य भएका हुन्। उनले प्रधानमन्त्रीको दबाब र हेपाइले आफू राजीनामा दिन बाध्य भएको बताउँदै आएका छन्।