काठमाडौं । भोलि बिहिबारबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ ।

यसैबिच, यो फिल्मको देशभरका हलमा बुकिङ समेत खुलिसकेको छ । फिल्मलाई मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । हलमा फिल्मको उच्च चाप छ । यसैले, यो फिल्मले पाएको शोजलाई सुखद मान्नुपर्छ ।

OM Sai Pathibhara Hospital

एक्सन जनरामा निर्माण भएको यो फिल्मले एउटा मुद्दालाई समेत उठान गरेको छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई अमित अग्रहरिले निर्माण गरेका हुन् । फिल्ममा चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।

फिल्ममा नायक सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको जापान र कतारबाट पनि निकै राम्रो प्रतिक्रिया आएको छ । निर्माणपक्षले फिल्म सेन्सरका लागि फाइल जापान र कतार पठाएको छ । त्यहाँबाट पनि निकै राम्रो प्रतिक्रिया आएको निर्माणपक्षले बताएको छ । नेपालका दर्शकले पनि फिल्म मन पराउने विश्वास निर्माणपक्षको छ ।

यो फिल्मलाई क्यूएफएक्स, बीग मुभिज, आई एन आई, वान सिनेमाज्, एफक्यूब लगायतका मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् ।