काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपटमा डेव्यु गर्न लागेकी हुन् ।

यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् । 

OM Sai Pathibhara Hospital

जनक घर्ती मगरको लगानीमा निर्माण हुने फिल्मका लागि दयाहाङले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । उनीहरुले यसअघि यसवर्षको सुपरहिट फिल्म ‘घरज्वाइँ’मा काम गरेका थिए । गत असार २८ गते प्रदर्शनमा आएको फिल्मले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने फिल्ममा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को–को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन् ।

आगामी वर्षको चैत २७ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा भैसकेको छ । महेश राईको लेखन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर धनबहादुर राई हुन् ।