काठमाडौं । फिल्म ‘कर्मा’की नायिका उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार उनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।
लुक्समा उपासनालाई सामान्य कुर्ता सुरुवालमा देखाइएको छ । उनको लुक्स हेर्दा उनी गाउँबाट शहर आएकी युवतीजस्तो देखिन्छ ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो ।
फिल्म चैत २९ गते रिलिज हुँदै छ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन फिल्म हो ।
‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । मुकुन यो फिल्ममा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।