ललितपुर । छाला तथा कपाल सम्बन्धी समस्यामा सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस ‘भिभाची’ भित्र्याएको छ । 

कुपण्डोलको होटल हिमालयमा आयोजित एक कार्यक्रमा अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण गरेका छन् । 

OM Sai Pathibhara Hospital

कार्यक्रममा अभिनेत्री केकी अधिकारी तथा रेखा थापाले आफूहरु समय मिलाएर यसै साता भिभाची प्रविधिको प्रयोग गरेर आफ्नो छालालाई थप स्वस्थ बनाउने धारणा व्यक्त गरे । अभिनेत्री शाहले पनि आफू पनि उक्त प्रविधिको सेवा लिन इच्छुक रहेको धारणा व्यक्त गरिन् । 

अनोभा स्किन एण्ड हेयर क्लिनिककी सञ्चालिका छाला रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठले यो डिभाइस नेपालमा ल्याउन ठूलो मेहनत गर्नु परेको बताइन् । डा. श्रेष्ठका अनुसार भिभाची उपकरण एउटा माइक्रो निडलिङ प्रकयाद्वारा छाला तथा कपालको  उपचार गर्ने प्रविधि हो । उनका अनुसार भिभाची  एउटा उन्नत माइक्रो निडलिङ प्रविधि हो, जसमा रेडियो फ्रिक्वेन्सी ऊर्जा र साना सुईहरू प्रयोग गरी छाला तथा कपालको पुनर्निर्माण गरिन्छ । यो उपचार छालाको गहिराइमा पुगेर कोलाजेन उत्पादन बढाउने, चाउरीपन हटाउने, दागधब्बा कम गर्ने तथा छालालाई टाइट बनाउने कार्य गर्छ ।

डा. श्रेष्ठले भिभाची माइक्रो निडलिङ एक सुरक्षित र प्रभावकारी छाला उपचार प्रविधि भएको तथा यसले स्वस्थ, चम्किलो र जवान देखिने छाला पाउन मद्दत गर्ने दावीसमेत गरेकी थिइन् । 

सोसल मिडियाका केही लोकप्रिय कन्टेन्ट क्रिएटरहरुले समेत यो प्रविधिको प्रयोगमार्फत आफ्नो छालालाई थप स्वस्थ्य बनाउने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा अनोभा स्किन एण्ड हेयर क्लिनिकको तर्फबाट केही स्टलहरु राखेर यो प्रविधिका साथै छाला तथा कपाल सम्बन्धि जिज्ञासा राख्नेहरुलाई परामर्शसमेत दिइएको थियो ।