काठमाडौं । फिल्म ‘हेल्लो काशीराम’ को फस्टलुक पोस्टर र प्रदर्शन सार्वजनिक भएको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।
पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । फिल्ममा दिलीप रायमाझी सुरवीर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालुको अभिनय छ ।

रिम विश्वकर्माको लेखन र निर्देशन रहेको फिल्ममा प्रियंका कार्कीको विशेष भूमिका छ ।
रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता पीबी थापा हुन् । फिल्ममा यम आलेको छायांकन, मित्र डी गुरुङको सम्पादन तथा रंग संयोजन, कविराज गहतराजको नृत्य, शंकर महर्जनको द्वन्द्व, नरेन्द्र बियोगी र विपिन आचार्यको संगीत संयोजन छ ।