काठमाडौं— नेपाल शिक्षक महासंघले २४ गते शनिबार काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ। महासंघले विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्नको लागि राज्यलाई बाध्य पार्न विरोधसभा आयोजना गर्न लागेको जनाएको छ।


OM Sai Pathibhara Hospital

फागुन २४ गते शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उनका अनुसार त्यस लगत्तै फागुन २५ गते राष्ट्रिय समितिको बैठक बस्नेछ। त्यसैले सबैलाई उपत्यकाबाहिर रहेका शिक्षकहरूलाई आन्दोलनमा आउन आग्रह गरिएको छ।