काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर अनुबन्ध भएका छन् । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् ।

फिल्ममा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । फिल्ममा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन ।

OM Sai Pathibhara Hospital

फिल्मको केही समय अघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।

फिल्ममा हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशन छन् । यो फिल्मको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

आदित्य फिल्मस् निर्माता रहेको फिल्ममा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।

यो वर्षको अन्त्यसम्ममा फिल्म छायांकनमा जानेछ । यो फिल्म आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुँदैछ ।