सप्तरी । तस्करको गोदाममा प्रहरीले छापा हान्दा २४ क्विन्टल १९.५ किलो गाँजा र स्याउ बरामद गरेको छ।

सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित एक घरबाट प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित करोडौँ मूल्य बराबरका तस्करीका सामान बरामद गरेको छ।बरामद गाँजाको तौल २४ क्विन्टल १९.५ किलो रहेको प्रहरीले जनाएको छ।

साथै, स्याउ, चिनी, बोरामा प्याक गरिएका स्यानिटरी प्याड, सुर्ती लगायतका सामग्री समेत बरामद गरिएको छ।उक्त घर र बरामद सामानको मालिकको हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।FB_IMG_1741016123550

आज सप्तरी प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम लागूऔषध गाँजा, १४२ कार्टुन अवैध स्याउ तथा हार्डवेयर सामग्री बरामद गरेको हो ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार गोप्य सूचनाका आधारमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, तथा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरी छापा मारेको थियो ।

गोदाम घरको बाहिरी गेटमा ताल्चा लगाएको अवस्थामा गोदामको कम्पाउन्डभित्र दुई ट्रकमा पल्टी गरिएका १४२ कार्टुन स्याउ समेत बरामद भएको हो ।

प्रहरीका अनुसार घटनास्थलबाट बीआर शून्य जेबी ९७३५ नम्बरको सेतो स्कारपियो, डब्लु बी ७४ एम १५५८ नम्बरको मारुती कार खाली अवस्थामा फेला परेको छ ।