काठमाडौं — सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु भएको छ ।
पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको सोमबार सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र बोहोराले बताए । सई योगेन्द्र अत्तरियाबाट धनगढीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।

सोही क्रममा उनले चलाएको सु.प्र–०१–००९ प ३४२९ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परेका उनको सेती प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।