काठमाडौँ  — पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।

पूर्वराजा निकट स्रोतले गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बतायो । पूर्वराजाका एक सहयोगीले भने, ‘हर्ट अट्याक (हदयघात) भएपछि उहाँलाई नर्भिक लगिएको हो । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।’ 

पारसलाई चौथो पटक हृदयघात भएको र तीन दिन अस्पतालमै रहने उनका निकट स्रोतले बताएको छ । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । 

त्यसअघि पनि थाइल्याण्डमा रहँदा र अर्को एक पटक पनि हृदयघात भएको थियो । । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । 

त्यसअघि पनि थाइल्याण्डमा रहँदा र अर्को एक पटक पनि हृदयघात भएको थियो ।