काठमाडौं ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाल मोहम्मद हत्याका मुख्य सुटरलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।Screenshot_2025_0302_203617

लाल मोहम्मदको हत्यामा संलग्न रहेका मुख्य सुटरलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक गुड्ड पटेल रहेका छन् । उनको अवस्था खतरामुक्त रहेको र हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।Screenshot_2025_0302_192523

OM Sai Pathibhara Hospital

यसअघि लाल मोहम्मदको हत्याका योजनाकार भारतीय नागरिक बब्लु पासवानमाथि पर्सामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । पासवानकै बयानमा मुख्य सुटर भारतीय नागरिक रहेको खुलेको थियो । त्यसपछि खोजी गरेको प्रहरीले ती व्यक्ति टोखामा रहेको जानकारी पाएपछि पक्राउ गर्न गएको थियो ।