काठमाडौं —विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन दिउँसो नेपाल आइपुगेका हुन् ।
केपी ओली कपको फाइनल खेल भोलि (भोलि) दशरथ रंगशालामा हुँदैछ । बुफनले भिडीयोमार्फत् नेपालीमै सम्बोधन गरेर जानकारी गरेका थिए । केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् ।