काठमाडौं । गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’को भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्जयविक्रमको शब्द, महेश ज्ञवालीको संगीत, योगेशकाजी शाहको एरेन्ज तथा पाश्र्वसंगीत छ । आफ्नो मन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मनोज परियार हुन् ।

भिडियोमा देव सरकार र करुणा श्रेष्ठको जोडदार अभिनय छ । भिडियोमा कर्ण कार्की भने विशेष भूमिकामा छन् । भिडियोमा एउटा प्रेमिल जोडीबीच प्रेम र शंकाको दोसाँधमा उनिएको कथालाई प्रस्तुत गरिएको छ । 

OM Sai Pathibhara Hospital

सुव्रत आचार्यको कन्सेप्ट र निर्देशनमा बनेको म्युजिक भिडियोमा जया शर्मा क्रिएटिभ डाईरेक्टर, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, दिपेन गौतमको निर्माण व्यवस्थापन, माहि सिंहको हेयर एण्ड मेकअप रहेको छ ।

भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।