काठमाडौं । फिल्म ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ ।

विकास चौधरी सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको फिल्ममा चुल्ठे काजीको एक्सन निर्देशन छ ।
फिल्ममा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।
‘यहाँ व्वासोहरु झुण्डमा हिँडेर आफूलाई वाघ ठान्छन् । तर, वाघलाई के थाहा बाघ एक्लै आउँछ र एक्लै शिकार गर्छ ।’ यो बाहेक अन्य केही संवाद पनि दर्शकको नजरमा पर्न सक्छन् । जस्तै ‘हिजोसम्म स्यालको सरकार देखेकी थिइस्, आज बाघको सरकार देखिस्’ भन्ने संवाद पनि हिट हुने देखिन्छ ।
नेपालमा यो वर्ष एक्सन कथाका फिल्मलाई रुचाइएको छ । त्यसैले यो फिल्म पनि दर्शकको नजरमा पर्नेमा निर्माण पक्ष ढुक्क छ ।