काठमाडौं । गत बुधबार फागुन १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ । बुधबार महाशिवरात्रिको अवसरमा रिलिज भएको फिल्मले पहिलो दिन राम्रो अनुपेन्सी पाएको थियो ।
दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै फिल्मका कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । दर्शकले पनि फिल्मका कलाकारलाई देख्दा सेल्फी खिच्नुका साथै कलाकारसँग ‘फेरि जालमा’ गीतमा नृत्य समेत गरेका थिए । फिल्म हेर्ने अधिकांश कथावस्तु र त्यसले दिएको सन्देशले मने जितेको प्रतिक्रिया दिएका छन् ।

फिल्मका निर्देशक निरोज महर्जनले फिल्मलाई एकदम पोजेटिभ रेस्पोन्स मिल्नुका साथै सबैको राम्रो साथ पाइरहेको बताए । ‘मैले जे सोचेर फिल्म बनाएको थिएँ । त्यसमा दर्शक तथा समीक्षकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले हौसला मिलेको छ,’ निर्देशक महर्जन भने ।
फिल्मका मुख्य अभिनेता विनय श्रेष्ठले फिल्मले मज्जाले दर्शकलाई फिलिली बनाएकले दर्शक पनि बढिरहेको बताए । सुरुवाती दुई दिन वार्मअप भएको भन्दै आज शुक्रबार अनि भोली शनिबार दर्शकको राम्रो साथ मिल्ने विश्वास उनको छ ।
फिल्मकी मुख्य अभिनेत्री सुपुष्पा भट्टले दर्शकबाट आफ्नो भूमिकालाई राम्रो प्रतिक्रिया मिलेरहेको भन्दै खुशी व्यक्त गरिन् । फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।