काठमाण्डौ । सशस्त्र प्रहरीले रिक्त रहेको कानुन र लेखा उपसमूहमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना खुला गरेको छ ।
शुक्रबार सशस्त्र प्रहरीले एक सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।जसअनुसार कानुन उपसमूहमा ८ जना र लेखा उपसमूहमा २० जना माग भएको छ ।

तोकिएको योग्यता पुगेका उम्मेदवारले चैत १९ भित्र सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आफैँ उपस्थित भएर आवेदन बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
सूचना विस्तृतमाः