काठमाण्डौ  । काठमाडौँमा शक्तिशाली भूकम्प गएको छ। शुक्रबार राति २ बजेर ५१ मिनेट जाँदा काठमाडौँमा भूकम्प गएको हो। 

भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। रातिको निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले उठेका छन्। काठमाडौँ उपत्यका भूकम्पिय जोखिम क्षेत्रमा पर्ने भूकम्पविदहरुले बताउँदै आएका छन्। 

OM Sai Pathibhara Hospital

शुक्रबार बिहान काठमाडौंलगायत आसपासका क्षेत्रमा महसुस भएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरव कुण्ड रहेको छ ।भैरव कुण्ड केन्द्रबिन्दु बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको महसुस सिन्धुपाल्चोक आसपासका पूर्वी क्षेत्रसहित दाङलगायत पश्चिमी क्षेत्रमा पनि भएको थियो।

भूकम्पले कोदारीस्थित प्रहरी चौकीमा सामान्य क्षति पुगेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। थप विवरण आउने क्रम जारी रहेको उनले बताए।यस्तै, जिल्ला कारागार सिन्धुपाल्चोकमा हामफालेर भाग्ने क्रममा एक जना कैदी घाइते भएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले जानकारी दिए। भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।

भूकम्पले भोटेकोशी वडा नम्बर ३  स्थित दुगुनागढीमा पहिरो गएको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ  नुर्पु शेर्पाले जानकारी दिए। 

यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका छन् ।