काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा गरेको छ । शिवरात्रीको अवसर पारेर बुधबार अबेर साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो ।

निर्देशक सुरेन्द्र पौडेलका अनुसार यो फिल्म तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ ।

OM Sai Pathibhara Hospital

नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय फिल्म हो । आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । छायांकन एक सातापछि बाट सुरु गर्ने तयारी गरिएको छ ।

सामाजिक कथावस्तुमा आधारित फिल्मको छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ । फिल्ममा मन कृष्ण महर्जन डिओपी रहने छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य एक्सन र प्रदीप लामाको कोरियोग्राफी रहने छ ।

फिल्म वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ ।