काठमाडौं । फिल्म ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने फिल्मको सोमबार बुकिङ खुला भएको हो ।
यो फिल्मले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ ।

विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन् । आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ । हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्’ले १०१ शो पाएको खल्ती एपबाट देखिएको छ ।
हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । फिल्ममा कुमार कट्टेलको निर्देशन छ ।
फिल्ममा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।