विराटनगर  ।   कोशी  प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई २०८१ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी हवल्दार अधिकारीले माघ १८ गते मोरङ विराटनगर महानगरपालिका-५ विशाल चौक कलेरुवा टोलका सरयुग मण्डलको नातिनी देश भारत छपरा जिल्ला घर भएकी १४ वर्षीया बालिका २०/२५ दिन अगाडि देखि मावली घर आई बस्दै आएकिमा उनलाई ८/१० दिन अगाडि देखि नदेखिएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी हवल्दार अधिकारीले उक्त घटनाको सूक्ष्म रूपमा अनुसन्धान गरेका थिए।

OM Sai Pathibhara Hospital

अनुसन्धनको क्रममा माघ १८ गते बालिकाको शव मावली हजुरवुवाको घर छेउमा खाडल खनी गाडेको अवस्थामा फेला पारी घटनामा संलग्न रहेका ६ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै शान्ति सुरक्षा तथा सु-व्यवस्था कायम राख्न अहम भूमिका निर्वाह गरेको हुँदा प्रहरी हवल्दारबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।