काठमाडौं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाडौं बसुन्धाराकी सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिएकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकियो जापान’को लागी इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छिन्।
प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिदै उनले शिर्ष उपाधी जितेकी हुन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी एवं सेकेन्ड रनरअप रेखा भट्टराई भए ।

करिब दर्जन प्रतियोगीहरुलाई कोरियोग्राफर हिमानी सुब्बाले एक महिनासम्मको प्रशिक्षण दिएकी थिइन् । प्रतियोगीहरुले व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याट्वाक, प्रस्तुतिकरण बौदिक क्षमता विकासलगायतका विषयहरूमा प्रशिक्षण लिएका थिए। कार्यक्रमको सुरुवाती चरणमा आर्कषक नृत्यबाट प्रतियोगीहरूले आरम्भ गरेको सो कार्यक्रममा परिचयात्मक चरण, पोशाक प्रर्दशनी, टप सेभेन, टप फाइब, प्रनोत्तर चरण पार गर्दै क्राउनिङ चरणमा समापन भएको थियो ।
प्रतियोगितामा सन्ध्या लामिछाने मोस्ट इन्टिलिजेन्ट, रेखा भट्टराई मोस्ट पपुलर र पब्लिक च्वाइसका साथै मोस्ट एट्राक्टिभ सर्वण जोशी बेस्ट ट्यालेन्ट, कल्पना बि क। मोस्ट स्मार्ट, प्रिती खड्का बेस्ट फोटोजेनिक आकांक्षा गजमेर वेष्ट क्याटवाक, शर्मीला थापा मोस्ट डिलिजेन्ट, निर्मला चौधरी मोस्ट चार्मिङ, सीमा ढुंगाना मोस्ट प्यासोनेट र पेशल कुमारी खड्का मोस्ट कन्फिडेन्ट अर्वाड जित्न सफल भएका थिए ।
कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता रमेश उप्रेती, अभिनेता र मोडल मनिष राउत, मिस नेपाल आइडल २०१९ एवं भिजे निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे रहेका थिए। ।