मुम्बई(एजेन्सी) । बम्बई उच्च अदालतले यही फेब्रुअरी १९ मा एक जनहित निवेदन(पीआइएल) मा सुनुवाई गर्दैछ । जसमा अभिनेता सुशान्त सिंह राजपूत र उनका पूर्व मेनेजर दिशा सालियानको मृत्युको गहन अनुसन्धानको माग गरिएको छ ।

सुप्रिम कोर्ट एण्ड हाई कोर्ट लिटिगेन्ट्स एशोसिएसन अफ इण्डियाले आफ्नो अध्यक्ष राशिद खान पठानको माध्यमबाट दायर गरिएको निवेदनमा केन्द्रीय जाँच ब्यूरो(सीबीआई)सँग यो मामला सम्बन्धमा शिवसेना विधायक आदित्य ठाकरेलाई पक्राउ गरी अनुसन्धान गर्न आग्रह गरिएको छ । निवेदनमा अदालतबाट सीबीआईलाई एक व्यापक रिपोर्ट प्रस्तुत गर्न निर्देशन दिन पनि अनुरोध गरिएको छ ।

OM Sai Pathibhara Hospital

जनहित निवेदनले आम मानिसको ध्यान आकर्षित गरेको छ । आदित्य ठाकरेले हस्तक्षेप निवेदन दर्ता गराउँदै अदालतले कुनै पनि आदेश पारित गर्नुअघि आफ्नो कुरा सुन्न माग गरेका छन् । ‘जनहित याचिका स्वीकार्य छैन । किनकी यो घटनाको अनुसन्धान पहिलेदेखि नै राज्यका अधिकारीहरुले गरिरहेका छन् ।’ ठाकरेको निवेदनमा उल्लेख छ ।

सुशान्त सन् २०२० को जून १४ मा बान्द्रा पार्टमेन्टमा मृत भेटिएका थिए । मुम्बई प्रहरीले सुरुमा एक एक्सिडेन्टल डेथ रिपोर्ट दर्ता गराएको थियो । तर पछि राजपूतका पिताले बिहारमा उजुरी दिएपछि यो मुद्धा सीआईबीलाई हस्तान्तरण गरिएको थियो । निवदेनमा अभिनेतालाई उनकी प्रेमिका रिया चक्रवर्ती र उनको परिवारले आत्महत्याका लागि उकासेको आरोप लगाइएको थियो । त्यही समयदेखि सीआईबीले अनुसन्धान गरेपनि हालसम्म कुनै निश्कर्ष निस्किएको छैन । 

सुशान्तका पूर्व मेनेजर दिशाको सन् २०२०, जुन ८ मा मलडामा अवस्थित एक आवासीय भवनको १४ औं तलाबाट खसेर मृत्यु भएको थियो ।