काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा ‘ममी’ सेन्सर पास भएको छ । मंगलबार फिल्मले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट एडल्ट सर्टिफिकेट पाएको हो । अब यो फिल्म हेर्न १६ वर्ष मुनिका दर्शकले अनिवार्य रुपमा अभिभावकलाई साथ लिएर हल जानु पर्नेछ ।

सेन्सरमा फिल्म हेरेका पदाधिकारीबाट फिल्मले उत्कृष्ट प्रतिक्रिया दिएको निर्मात्री पूर्णिमा जोशीले बताइन् । नेपालमा विरलै निर्माण हुने हरर जनरा त्यसमा पनि समाजमा घट्ने विभिन्न समसामायिक घट्नालाई सुक्ष्म रुपमा उठाएको भन्दै फिल्मको कथावस्तुको तारिफ गरेको निर्मात्री जोशीको भनाई छ । यो फिल्मको आज राजधानीमा भव्य रेडकार्पेट प्रिमियर शोको समेत आयोजना गरिएको छ ।

OM Sai Pathibhara Hospital

फिल्ममा कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्म समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । फिल्मको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

फिल्मको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।