काठमाडौ । संवाद फाउन्डेसनले जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८१को घोषणा गरेको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनले आगामीफाल्गुन १६ देखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा महोत्सव आयोजना हुने जानकारी दिएको हो । 

OM Sai Pathibhara Hospital

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मौथिली भाषाका चलचित्र कम बन्ने गरेको भन्दै महोत्सवमार्फत नयाँ जागरण ल्याएर मिथिला र नेपालको बारे विश्वभर प्रचार गर्ने साधन बन्ने विश्वास व्यक्त गरे । 

उनले भने,‘चलचित्रको लागि संस्कृतिको लागि नेपालको नामका लागि यो एउटा प्लेटफर्म हुनेछ । जहाँ नेपाली चलचित्रको बाहूल्यता उपस्थिति पनि कम छ । र मौथिली भाषाका चलचित्र पनि कम बन्ने गरेका छन् । यस अर्थमा नयाँ जागरण हुनेछ । नेपाली मौथिली तथा अन्य मातृ भाषाका चलचित्र हेर्ने बानी बसाल्न, मिथिला र नेपालको बारे विश्वभर प्रचार गर्ने साधन हुन्छ भन्ने विश्वास लिएको छु ।’

त्यस्तै नायिका रेखा थापाले कला र महिलाको जननी मिथिला सभ्यता रहेको बताईन् । अहिले मान्छे र कला नै नक्कली भएकाले जमिनसँग जोडिएको सभ्यता संस्कृति, विरामी भएको भन्दै यसलाई जर्गेना गर्नेतर्फ सोच्नुपर्ने उनको भनाई छ । 

नेपालमा फिल्मको महत्व बुझाउने नेपाली समाजमा चलचित्रको कलार महस्व बुझाउनउद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार यस महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरूले आवेदन दिएका छन् भने नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी नै छ ।