सुन्दरहरैँचा (मोरङ) । यहाँ सुरु अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एनआरसी भेट्रान सिक्किम (भारत)लाई पराजित गर्दै दुधे भेट्रान झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुकुना खेलमैदानमा विराट भेट्रानद्वारा आयोजित प्रतियोगितामा सिक्किम (भारत)लाई झापाले ६–१ गोलले पराजित गरेको हो । झापाका लागि हर्क तामाङले एक्लैले चार गोल गरे । साथै, सुवास लिम्बू र बलबहादुर लिम्बूले एक–एक गोल गरे । सिक्किमका लागि रमेश क्षेत्रीले दोस्रो एक गोल फर्काए । प्लेयर अफ द म्याच हर्क तामाङ भए ।
यही माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरी १० टोलीको सहभागिता छ । प्रतियोगितामा एनआरसी भेट्रान सिक्किम (भारत), दुधे भेट्रान झापा, मिल्स भेट्रान विराटनगर, हाम्रो धरान भेट्रान सुनसरी, विराट भेट्रान, उर्लाबारी भेट्रान, घुम दार्जिलिङ भारत, राजारानी भेट्रान धनकुटा र पूर्वेली भेट्रान बिर्तामोड झापाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टिमले रु एक लाख तथा उपविजेताले रु ५० हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । आइतबारको खेल विराट भेट्रान र उर्लाबारी भेट्रानबीच हुनेछ ।






































