काठमाडौं । गाउँ छोड्नेको लर्को, हिरुलाल जस्ता सिर्जनाका सर्जक रतन देवकोटाले नया सिर्जना लिएर आएका छन् । ‘जदौ हजुर’ बोलको गीत मार्फत आएका देवकोटाले कर्णालीको दुःखलाई भिन्न तरिकाले प्रस्तुत गरेका छन् ।
कर्णालीको प्रतिनिधित्व गर्ने लय शब्द र पीडासँगै लाईभ म्युजिक र मोडर्न इन्स्ट्रुमेन्टसङ फ्युजन गरि तयार गरेको यो गीतले दर्शककोमन जित्नेमा देवकोटा आशावादी देखिछन् ।
गीतको शब्द, सङ्गीत र स्वरसँगै भिडियो कन्सेप्ट र निर्देशन देवकोटा स्वयमले गरेका छन् । सौरभ लामिछनेको डिओपी रहेको भिडियोको सम्पादन र सिनेम्याटोग्राफी सुशील खनालले सम्हालेका छन् ।
गीतबारे रतन भन्छन, ‘कर्णालीको पीडा, संघर्ष, र आशालाई हुड्केको भाकामा पस्किएको गीत, जहाँ भोक, विभेद, र बसाइँसराइका कथा गुँथिएका छन्। यो गीत न्याय, एकता, र परिवर्तनको लागि कर्णालीको मौन पुकार हो।’