काठमाडौं । नायक सुशिल श्रेष्ठको एक्सनका कारण चर्चा र प्रतिक्षामा रहेको फिल्म ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्ममा सुशिलले नेपाली फिल्ममा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माणपक्षको छ ।

केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ । अब, भने फिल्म रिलिजका लागि पूर्ण रुपमा तयार भएको निर्माणपक्षको भनाई छ ।

OM Sai Pathibhara Hospital

फिल्मका लागि सुशिल आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाई छ ।

निर्माणपक्षका अनुसार, फिल्ममा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ ।

टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो फिल्ममा विक्की महर्जनको लेखन तथा निर्देशन छ । फिल्ममा अमित अग्रहरिको लगानी छ । फिल्ममा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारि लगायतका कलाकारहरुको अभिनय छ ।

चुल्ठे काजीको एक्सन रहेको यो फिल्ममा साहिल खानको सम्पादन नविन गुरुङको डीओपी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।