लसएन्जल्स(एजेन्सी) । हलिउड अभिनेत्री क्यामरुन डियाजले अभिनयबाट आफूले लिएको १० वर्षे अवकास जीवनकै उत्कृष्ट अवधि रहेको बताएकी छन् । ‘द होलिडे’ स्टार क्यामरुन यसै महिना नयाँ स्पाई थ्रिलर ‘ब्याक इन एक्सन’बाट अभिनयमा कमव्याक भएकी थिइन् । यो फिल्ममा उनको अपोजिटमा अभिनेता जेमी फक्स छन् ।

बीबीसी वानको ‘द ग्राहम नोर्टन शो’मा क्यामरुनले यो स्थायी कमव्याक हो या होइन् भन्ने स्पष्ट जवाफ दिएकी छैनन् । ‘यो सुरुवात हुन सक्छ । मलाई थाहा छैन’, उनले भनेकी छन् ।

OM Sai Pathibhara Hospital

उनले आफू गुमनाम भएर पछि हट्नु आफ्ना लागि मनपरेको कुरा उल्लेख गर्दै आमा र श्रीमति हुन स्वतन्त्र रहे पनि अभिनयमा फर्कन पाउँदा साँच्चै आभारी भएको बताएकी छन् ।

क्यामरुनले पछिल्लोपटक सन् २०१४ मा ‘एनी’को रिमेक फिल्ममा मिस हन्नीगनको भूमिकामा अभिनय गरेकी थिइन् । उनले सन् २०१८ मा मात्र आधिकारिक रुपमा अभिनयबाट अवकाश लिएको निश्चित गरेकी थिइन् ।

उनले आफ्नो १० वर्षे स्वतन्त्र समयको पनि बयान गरेकी छन् । ‘म आमा, श्रीमतिको रुपमा स्वतन्त्र अनुभव लिइरहेको थिएँ । मैले आफ्नो जीवन बाँचिरहेको थिएँ । यो निकै प्रिय थियो । १० वर्षको समयावधिले मेरो परिवारप्रति हेर्ने दृष्टिकोणमा आफूलाई ढालेको थियो’, उनले भनेकी छन् ।