लसएन्जल्स(एजेन्सी) । ‘फेन्टास्टिक फोर’ फेम्ड हलिउड अभिनेत्री जेसिका अल्बाले पति केश बोरेनसँगको १६ वर्षे वैवाहिक जीवनलाई टुंग्याउने निर्णय लिएकी छन् । ४३ वर्षीया अभिनेत्रीले इन्स्टाग्राममार्फत पतिलाई छोड्ने निर्णय लिएको खुलाएकी छन् ।
जेसिका ‘सिन सिटी’, ‘इनटू द ब्लू’ र ‘अवेक’ जस्ता फिल्ममा उनको कारण परिचित छिन् । ‘म वर्षौदेखि आफ्नो खोज र परिवर्तनको यात्रामा छु, यसमा एक्लै पनि र केशका साथ पनि । मलाई यो कुरामा गर्व छ कि पछिल्लो २० वर्षमा हामी एक जोडीका रुपमा र आफ्नो विवाहलाई कसरी अगाडि बढाउने र अब समय आइसकेको छ, हामी एक्लै पनि अगाडि बढ्छौं’, उनले लेखेकी छन् ।

अल्बा र बोरेनले सन् २००८ मा विवाह गरेका थिए । उनीहरुका दुई छोरी अनर र हेवन तथा एक छोरा छन् । ‘हामी एक अर्काप्रति प्रेम, दया र सम्मानका साथ अगाडि बढिरहेका छौं । हामी एक परिवारजस्तै अगाडि बढ्ने छौं । हाम्रो सन्तान हाम्रो प्राथमिकतामा छन् । हामी यो समय गोपनियता कायम गर्न अनुरोध गर्छौ’, उनले लेखेकी छन् ।