लसएन्जल्स(एजेन्सी) । एक कलाकारको जीवनमा सबैभन्दा राम्रो कुरा के हुनसक्छ ? एक कलाकारको काम हुन्छ पर्दामा आफ्नो उत्कृष्ट प्रस्तुती दिनु । यसपछि त्यो कलाकारलाई आफ्नो प्रस्तुती दर्शकले मनपराउँछन् र पुरस्कार दिन्छन् भन्ने आशा हुन्छ । यसो हुँदा उक्त कलाकारलाई निकै प्रोत्साहन मिल्छ ।

हलिउड अभिनेत्री डेमी मूर यस्तै अभिनेत्री हुन्, जसले झण्डै साढे चार दशकपछि अभिनयबाट ‘गोल्डन ग्लोब’ अवार्ड जितेकी छन् । यो अवार्ड उनले आफ्नो करियरमा पहिलोपटक जितेकी हुन् ।

OM Sai Pathibhara Hospital

उनले फिल्म ‘द सब्सटेन्स’का लागि ‘सर्वश्रेष्ठ महिला अभिनेता–मोशन पिक्चर्स–म्यूजिकल÷कमेडी’ विधामा यो अवार्ड जितेकी हुन् । अवार्ड जिते पछि उनी निकै भावुक बनेकी थिइन् । उनले आफूलाई कसरी दर्शकले ‘पपकर्न अभिनेत्री’ भनेर चिन्छन् भन्ने कुरा सम्झिइन् ।

उनले आफूलाई ३० वर्षअघि एक निर्माताले ‘एक पपकर्न अभिनेत्री’ भनेको स्मरण गरिन् । उनले त्यो समयमा आफूले त्यसको अर्थ थाहा नपाएको खुलाएकी छिन् । अहिले आएर बुझ्दा व्यावसायिक फिल्ममा काम गर्ने मौका पाए पनि उनको चरित्रलाई कसैले नसम्झने किसिमको रहेको आफूले पाएको बताइन् ।

उनले आफ्नो करियरको उचो स्थानमा पुग्दा ‘द सब्सटेन्स’को स्क्रिप्ट पाएको र त्यसले आफ्नो जीवनलाई परिवर्तन गरेको खुलाएकी छन् ।

डेमी करिब ४५ वर्षदेखि हलिउडमा सक्रिय छिन् । उनले कैयौं उत्कृष्ट फिल्ममा काम गरेकी छन् । कोरली फरगेटद्वारा निर्देशित ‘द सब्सटेन्स’लाई फिल्ममा अभिनयमात्र गराएन, उनको साहसिक मूल्यलाई बाहिरसमेत ल्याइदियो । यो फिल्ममा मार्गरेट क्वाली, डेनिस क्वैड र ह्यूगो डिएगो गार्सियालगायतको अभिनय छ ।