काठमाडौं । पछिल्लो समयलाई नियाल्ने हो भने थारू गीत सङ्गीत व्यावसायिक ढंगले अगाडि लम्किदैछ । प्रविधिले मारेको फड्कोसंगै गीत सुन्ने मात्रै होइन, हेर्ने प्रणालीको विकास भएको छ । गीत रेकर्ड गरी भिडियो बनाई रिलिज गर्ने मध्यमा कैलालीका युवा नरेश जोगी पनि पर्छन् । 

आफ्नो भाषा, कला संस्कृति संरक्षणको पक्षमा गीत, संगीतको माध्यमबाट योगदान दिदै आइरहेका नरेश जोगीको शब्द, संगीत र स्वरमा थारु गीत ‘मच्छी मारे जाई’को सुन्दर भिडियो सार्वजनिक भएको छ । नरेश जोगीलाई आरके थारु, राज कुश्मी, सोनु कुश्मी, आरजु चौधरीले स्वरमा साथ दिएका छन् भने निर्माता केशव बडु हुन् ।

OM Sai Pathibhara Hospital

सार्वजनिक भएको सातादिन पनि नबित्दै झण्डै लाखको हाराहारीमा हेरिएको भिडियोमा नरेश जोगी, समिक्षा चौधरी, रुनी चौधरी, दिपिका चौधरी, निरज चौधरी लगायतका कलाकारको अभिनय रहेको छ । नरेश जोगीले निर्देशन गरेको भिडियोमा सम्पादन मिलन विश्वकर्मा, मास्टरिङ चन्द चौधरी, क्यामरा  दया चौधरीको रहेको छ ।