झापा :अहिले टिकटकमा भाइरल भैरहेको गीत "मोहनी लगाएउकि मन्तर गरेर, कपाल कोरेर....." का रचयिता तथा गायक हुन् मधुबाबु थापा । उनको जन्म २०१० सालमा दाङमा भएको थियो भने सानै उमेरमा दृष्टि गुमाउन पुगेका उनी विभिन्न समारोहहरुमा गीत गाउने गर्थे र आफुले रचना गरेको गीतहरुको कारण चर्चित अनि सम्मानित हुँदै गए । २०३९ सालमा उनले रेडियो नेपालमा प्रवेस गरे जहाँ बाध्यबादन बजाउने र गीत गाउने लगायतका काम गर्न थाले र २०४२ सालमा चौतारी एल्बममा समाबेस भएको उनको "मोहनी लगाएउ कि मन्तर गरेर, कपाल कोरेर...." गीत चर्चित बन्न पुग्यो जुन आज सम्म निकै चर्चामा रहेको छ । उनले २०७३ साल पुस ८ गते हामी माझ बाट सदाका लागि बिदा लिएर जानुभए पनि उनको शब्द र गीत नेपाली संगीतमा अमर रहिरहने छ ।